Showing posts with label अनुभुती. Show all posts
Showing posts with label अनुभुती. Show all posts
धर्म के हो ?
धर्म के हो त भन्दा देवि-देवताको पुजा गर्नु मात्र हैन भन्ने लाग्छ। धर्म स्थलमा पुगेर देवी-देवताको मुर्तिमा फुल-प्रसाद चढाउंदा मात्र धर्म कमाईन्छ त ? सामान्य तवरले सोच्ने हो भने यस्तो पक्कै हैन, गरिब परिवारलाई सहयोग गर्नु, असाहयहरुको भलोको लागि केहि नयाँ सोच ल्याउनु नै धर्म हो। देवी-देवताको पुजा  गर्ने तर भित्रि भावना  चाही क्रुर छ भने अवश्य उसले गरेको पाठ-पुजा त्यत्तिकै खेर जान्छ। मेरो बुझाई यहाँ सम्म छ कि यो सम्पुर्ण
कृयाकलापलाई संचालन गर्ने एउटा यस्तो अदृश्य शक्ति छ, जुन तपाई हाम्रो सोच भन्दा लाखौँ गुणा शक्तिशाली छ। हाम्रो सोचलाई समेत नियन्त्रणमा राख्न सक्ने त्यो अदृश्य शक्ति हुन्छ भन्ने सबैले बुझे देखि सायद यस समाजमा कोहि पनि गलत कृयाकलाप  गर्दैन होला। सबैले सबैको भलो सोच्थे होलान। तर सोचेको जस्तो छैन यो संसार, बरु सत्कर्म गरौं भन्दा हुदैन त्यसो गर्नु भन्ने मात्र छन्। यानेकी सबै लोभ र लालचीमा दौडेका छन्। 
मेरो एउटै विचार, सत्कर्म गर्नुहोस, एकदिन तपाईले पनि त्यो अदृश्य शक्तिबाट तपाईले चाहनु भएको कुरा पाउनु हुनेछ।

तपाई सम्पुर्णलाई यस धार्मिक, आध्यात्मिक अनि नैतिक ब्लग सधै हार्दिक स्वागत गर्दछ।
♥ कृष्ण प्यासी
 
Copyright © 2015 नेपाली धार्मिक पुस्तकालय
Support : Blog Author and Designed by - Krishna Pyasi.